८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘ललितपुर महानगरमा समस्यै समस्या’


२५ मंसिर २०७७, बिहिबार  

0
Shares

ललितपुर खबर

२५ मंसिर ०७७, सानेपा ललितपुर । ललितपुर महानगरका बहुमत वडाध्यक्षहरुले महानगरमा समस्यै समस्या रहेको बताएका छन् । उनीहरुले ललितपुरमा आयोजित भेलामा मेयर चिरीवावु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि बनेका हुन् । उनीहरुले मेयर महर्जनले विधि पद्दती मिचेर महानगरपालिका सञ्चालन गरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । महानगरमा महुमत वडाध्यक्षहरुले गरेको निर्णयहरु समेत कार्यान्वयन नभएको मेयर महर्जनले एकलौटी ढंगले काम गरिरहेको भन्दै वडाध्यक्षहरु एक मत भएका छन् ।

महानगरको विधायन समितीका संयोजक तथा  महानगरको ३ नम्बर वडाध्यक्ष श्री गोपाल महर्जन  महानगरको टाउको एकातिर चुल्ठो अर्कोतिर रहेको तर्क गरे । उनका अनुसार महानगरमा बहुमत वडाध्यक्षको कुरा मेयर महर्जनले स्वीकार नै  नगर्ने अहिलेको ठूलो समस्या रहेको बताए ।

वडाध्यक्ष महर्जनले मेयर महर्जनको प्रचारशैलीको प्रशंशा गर्दै भने,‘मंगलबजारमा बनाइएको ट्वाइलेटको निरन्तरको प्रचार प्रसारले महानगरमा के भईरहेको छ भन्ने बुझ्न
अप्ठ्यारो पर्दैन ।’

महानगरको पुल्चोक देखि कोपण्डोलसम्मको सधै जाम हुने साधुरो सडकमा साइकल लेन बनाएर गरिएको निरर्थक प्रचारको पनि वडाध्यक्ष महर्जने चर्को आलेचना गरे । उनले भने, ‘भएको सडकमा रंग पोतेर संसारकै बहादुरी गरेको भन्दै मेयर हिडेका छन् ।’

कार्यक्रममा आर्थिक विकाश समितीका संयोजक रविन्द्र महर्जनले महानगर रहेको बेथितीको फेरिहस्त सुनाएका थिए ।

होर्डिङ्ग बोर्डको विज्ञापनका सन्र्दभमा आर्थिक समितीको जानकारीविना हटाउने काम भएकोमा वडाध्यक्ष मर्हजनको असन्तुष्टि थियो । सम्बन्धित कम्पनीसँग म्याद थप्न पहल नगरी धमाधम बेर्डिङ्ग बोर्ड निकाल्दा महानगरको आम्दानी गुमेको उनको तर्क थियो ।

महानगरमा नभएको पद श्रृजना गरेर अवकाश प्राप्त पुर्वप्रहरीलाई नगर प्रहरी प्रमुख नियुक्त गरेको भन्दै सिताराम हाथेछुको नियुक्ती प्रति पनि उनको असन्तुष्टि थियो ।

कोरोनाका सन्र्दभमा छुट्याइएको  रकम खर्च भएको वा नभएको कुनै जानकारी नरहेको वडाध्यक्षहरुलाई कुनै जानकारी नभएको वडाध्यक्ष मर्हजनले बताए ।

महानगरमा  ५ लाख लगानी गरेको योजना पनि गौरवको योजना भनेर महानगरले तोक्दा यस्तो योजनाले हाम्रो विकाशमा कति असर प¥यो भन्ने कुनै हेक्का नराखेको उनको भनाई थियो ।

समिती संयोजक महर्जनले भने, ‘अहिलेको यो प्रवृती हेर्दा भोली नै ताला लगाउनु पर्ने अवस्था छ ।’

ललितपुर महानगरमा छाया सरकारको अवश्यकत्ता रहेको भन्दै उनले आक्रोस व्यक्त गरे । महानगरमा राजस्व परामर्स समितीले निर्णय गर्ने र  आर्थिक विकास समिती पंगु बनेको उनको भनाई थियो ।

नगरका  अर्का वडाध्यक्ष तथा सामाजिक विकाश समितीका संयोजक दिनश कार्की पनि महानगरका मेयर महर्जनको कार्यशैलीप्रति सन्तुष्ट नरहेको बताए ।

महानगरले कोरोना संक्रमण नियन्त्रणका लागि छुट्याएको  १९ करोडबारे महानगरका पदाधिकारीहरु अनविज्ञ रहेको उनको भनाई थियो । उनले भने,‘कति खर्च भयो कति भएन हामीलाई केही थाहा छैन ।’

३ महिनादेखि कार्यपालिका बैठक नबसेकोप्रति उनको अर्को आक्रोस थियो । मेयर महर्जनले दायाँबाया नगर प्रहरीको स्किर्टङ्ग गरेर हिडेको प्रति पनि उनले आलोचना गरे भने, ‘मन्त्री प्रधानमन्त्री जसरी नगरप्रहरीको स्कर्टिङ्गमा मेयर हिड्दो सुवाएको छैन ।’

ललितपुरका प्रदेश सासंद राजकाजी महर्जन मेयर चिरीबाबु महर्जनलाई धान काट्ने बेलादेखि नै चुनाव लागेको बताउछन् । मेयर महर्जनले नेकपाका नेता कार्यकर्ताहरु धान काट्न व्यस्त हुँदा चुनावको लागि मेलोमेसो सुरु गरेको बताउछन् ।  मेयरले मिठो खिर खुवाएर हिलो मिसिएको पानीले चुठाइर हेको सासंद महर्जनले तर्क गरे । मेयर महर्जनले कार्यकारी अधिकारको प्रयोग गर्ने नाममा वहुमत वडाध्यक्षहरुमाथि शासन गरिरहेको भन्दै उनले चर्कोै आलोचना गरे ।

ललितपुर महानगरमा मेयर महर्जनको नेतृत्वमा शहरका सम्पदा संरक्षणमा खासै पहल हुन नसकेको नेकपाका ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार बताएका थिए ।

 

 

 

 

 

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ८ : ५६ बजे