१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बज्रवाराहीमा भेटियो श्रेष्ठको लास, एक पक्राउ


२८ मंसिर २०७७, आइतबार  

0
Shares

२७ मङ्सिर ०७७,बज्रबाराही । गोदावरी नगरपालिका ११ चापागाउँ बस्ने सिन्धुली फिकल गाउँपालिका ४ घर भएका ३७ वर्षीय कुमार भन्ने नारायण बहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर रौतामाई गाउँपालिका ८ घर भएका २८ वर्षीय मिलन रानामगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
युवतीको बिषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले
रानामगरलाई नियन्त्रणमा लिई श्रेष्ठको खोजी गर्ने क्रममा गोदावरी नगरपालिका ११ बज्रबाराही गुम्बा पछाडी तोरीबारीमा शुक्रबार साँझ श्रेष्ठको शव फेला पारेको थियो ।
यस सम्बन्धमा ललितपुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : ४६ बजे