५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


ललितपुरका सडक सुधार गर (सम्पादकीय)


२ पुस २०७७, बिहिबार  

0
Shares

ललितपुरको नाजुक अवस्थाको लेले सडक । तस्विर ः ललितपुर खबर

मध्यललितपुरको गोदावरी नगरपालिकाका सडकको अवस्था नाजुक छ । कालोपत्र भत्केको लामो समयसम्म पनि सम्बन्धित निकायको बेवास्ताको शिकार यो सडक बनिरहेको छ । यस्तो अवस्था आउनु भनेको र्दुभाग्य हो ।
पछिल्लो अवस्थाको कारक राजनीतिक दाउपेच पनि हो । भोटबैकको रुपमा रहेको ललितपुर १ का शहरी मतदाताको सम्वेदनशीलतालाई ध्यान नदिदा ललितपुरका सडक नाजुक छन् ।
पहिलो कारण सडक अगाडिको घर भत्काएर सडक विस्तार गर्न नसक्नु नै हो । यसमा केन्द्र सरकार पनि दोषि छ । समयमा मुआव्जा र जग्गाको क्षतिपूर्ति दिन नसक्नुको कारण पनि कयौ सडक विस्तारको नाममा अलपत्र छन् ।
सम्पदा क्षेत्रमा सडक रहनु पनि अर्को सडक नाजुक हुनुको कारण हो । बेलैमा जनप्रनिधिनिहरुले सुझबुझपूर्ण निर्णय नगर्दा कतिपय समस्था बल्झेर पनि सडक राम्रो बन्न सकेको छैन । जनप्रतिनिधिहरु भोटका लागि सौधाबाजी गरेर विकाशलाई छेकेर बस्नु लाजमर्दो विषय हो ।
ठेकेदार कम्पनीको लापरवाही पनि सडक नाजुक हुनुको अर्को कारण हो । धेरै आयोजनामा काम थाल्ने र समयमा नसक्ने प्रवृति पनि ठेकेदारमा देखिन्छ ।
पछिल्लो समय स्थानीय सडकको अवस्था हेरेर विकाशको मापदण्ड तोक्ने प्रचलन छ । राजनीतिक दलका नेताले विकाश गरे गरेनन् भन्ने बुझ्न सडक हेर्ने गरिन्छ । आफू बदनाम हुने र अर्को निर्वाचनमा पराजित हुने अवस्था अउनु अघि नै राजनीतिक नेतृत्व विकास निर्माण सम्पन्न गर्नेतर्फ चनाखो हुनु अवश्यक छ ।
ललितपुरका सातदोवाटो–चापागाँउ–लेले,टिकाभैरव–भैसेपाटी, ग्वाको–लामाटार र सातदोवाटो–गोदावरी सडक सधैभरी नाजुक छ । दक्षिण ललितपुरका सडकहरु पनि धुलाम्मे छन् । निरन्तर पहिरो जादाँ हरेक वर्ष पैसाको खोलो बगाउदा पनि समाधान नहुने अवस्था छ । यी सडकहरु तन्दुरुस्त राख्न सके मात्र पनि जनताले विकाशको अनुभव गर्न सक्छन् । त्यसैले जनप्रतिनिधिहरुले सडकको हाल बुझेर काम गर्न जरुरी छ ।

 

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  १० : ४४ बजे