४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना भाइरसबाट विश्वभर १६ लाख ८० हजारको मृत्यु


६ पुस २०७७, सोमबार  

0
Shares


५ पुस ०७७, पेरिस (रासस ÷एएफपी) चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार १ सय १४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।
कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्तिको मृत्यु भईसकेको छ । अमेरिकापछि ब्राजिलमा १ लाख ८५ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।
भारतमा १ लाख ४५ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । मेक्सिकोमा कोरोनाबाट १ लाख १७ हजार २ सय ४९ व्यक्तिको मृत्यु भएको छ । इटालीका कोरोना भाइरसबाट ६८ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ ।
गत सात दिनभित्र कोरोना भाइरसको कारण अमेरिकामा १८ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५ हजार २ सय १३ जनाको मृत्यु भएको छ । इटालीमा ४ हजार ५ सय ७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ हजार २ सय ३० जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ हजार ९ सय ६८ जनाको मृत्यु भएको एएफपी जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : १३ बजे