१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विकासमा फट्को मार्दै गोदावरीको डुकुछाप


९ पुस २०७७, बिहिबार  

0
Shares

 

डुकुछापको दनुवार गाँउ । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर
९ पुस ०७७,ढुकुछाप । बत्ती मुनिको अध्यारो जस्तै लाग्ने ललितपुर गोदावरी नगरको डुकुछाप बस्ती । शहरको नजिकै भएर पनि दुर्गम अनि अनकन्टार ।
हुन त यहाँबाट एक घण्टामै भैसेपाटीको आधुनिक शहर पुगिन्छ । तर शहरदेखि विमुख राजधानीको काँठ विकाशदेखि पर छ ।
यहाँ पुग्न मोटरबाटो छ तर कच्ची । सधंै धुलाम्मे र हिलाम्मे ।
लामो समय डुकुछाप विकास निर्माण हुन सकेन । लगनखेलसम्म सडक सञ्जालविस्तार नहुदा स्थानीय विकाश दनुवार डुकुछापबासी लामो समय चापागाँउ बजार आश्रित हुनु परेको बताउछन् । भन्छन्, ‘पाटन जाने गतिलो सडक नहुँदा र बस नचल्दा हामी एक घण्टा हिडेर चापागाँउ बजार धाउथ्यौं ।’

गोदावरी नगर डुकुछापस्थित वडा नं. ८ को कार्यालय

पछिल्ला समय डुकुछापको मार्ग चित्र परिवर्तन गर्नवडाले थुप्रै योजना सुरु गरेको वडाध्यक्ष सुकराम लामा बताउछन् , भन्छन् अव डुकुछापका पहिलेजस्तो दुःख हुनेछैन ।
स्थानीय राजनितीकर्मी रामकाजी केसी स्थानीय सरकारले डुकुछाप को विकाशलाई नजरअन्दाज गरेको गुनासो गर्छन् । भन्छन्, ‘गोदावरी नगरले सबै वडालाई समान बजेट विनियोजन गरेर हामीलाई अन्याय गरेको छ । नगरले त पुर्वाधार विकाशमा कमजोरलाई माथि उकास्न सहयोग गर्नु पर्ने हो । तर त्यसो भएको छैन ।’
टौखेल, डुकुछाप दक्षिणकाली सडक र बुङ्गमती कटुवाल दह सडकका लागि केन्द्र सरकारले सडक योजना सुरु गरेसँगै डुकुछापको विकाशमा फड्को मार्ने आकलन केसीको छ । वुङ्गमती सडक वागमती करिडोर हुँदै माल्टास्थित कान्तिलोकपथ जोडिने दिर्घकालीन योजना रहेकोले डुकुछाप अव बत्तीमुनिको अध्यारो नहुने उनले दावी गरे । भने, ‘भोलि कान्ति लोकपथ यहीबाट चल्ने सम्भावना छ ।’
डुकुछाप हुँदै जाने यो छोटो सडक कान्तिलोकपथको बैकल्पिक बाटो हुनेछ । रामकाजी भन्छन्, ‘कान्ति लोकपथमा पहिरो गएर हैरान छ । वागमतीको किनारै किनारको यो सडक त्यस्तो हुँदैन ।’
विकाशको छायाँमा परेको डुकुछापका धुले सडक अव कालोपत्रेको सुरुवात हुने भएको छ । वडा कार्यालय रहेको खहरेदेखि गणेश माविसम्म ३० लाख बजेटमा कालो पत्रेको योजना सुरु हुन लागेको वडाध्यक्षले बताए ।
डुकुछापस्थित गोदावरी नगरको ३ नम्बर वडा कार्यालय निर्माणको प्रकृया सुरु हुन लागेको गोदावरी नगर कार्यापालिका सदस्य सरोज दनुवारले बताए । उनले भने, ‘भर्खरै सार्वजनिक जग्गा पहिचान गरेका छौं । अव काम सुरु गछौं ।’
खानेपानी योजना सुरु भएसँगै डुकुछापको काकाकुल युग सकिएको छ । खहरेमा बोरिङ्ग गरिएसँगै टोकलमाठमा पानी ट्याङ्गकी बनाउने वडाको योजना छ । त्यो अग्लो ठाँउबाट ढुकुछाप सबैठाँउमा खानेपानी पु¥याउने योजना वडाध्यक्षले सुनाए ।
वडा कार्यालयमा २९ वटा साना ठूला योजना अघि सारिएको छ । नगरपालिकाको वडाका लागि १ करोड ५ लाख बजेट विनियोजन छ ।
डुकुछापका स्थानीयबासी पनि आधुनिक खेती प्रणाली अपनाउदै जीवनशैली परिवर्तन गर्न तर्फ लागेका छन् । यिनै किसानलाई सघाउन वडा कार्यालयले गत अर्थिक वर्षमा तरकारी खेतीका लागि वडा कार्यालयले ५ लाख बजे विनियोजन गरको थियो । त्यस वजेटले किसानलाई विउ र टनेलका लागि प्लाष्टिक वितरण गरेको थियो । यस बर्ष पनि नगरले ५ लाख बजेट छ्ट्याएको छ ।
गोदावरी नगर का वडाध्यक्ष डुकुछापका डुकुछाप खेलकुद मैदान निर्माण,चण्डेश्वरी दनुवार गाँउ सिडी सडक,डुकुछाप डिपबोरिङ्ग,डुकुछाप स्वास्थ्य चौकी मर्मत,भुतखोलादेखि गणेश माविसम्म कालोपत्र,चण्डीदेवि क्षेत्रपाल र कालीदेवि मन्दिर मर्मत जस्ता दर्जनौं योजना डुकुछापमा सञ्चालन हुन लागेका छन् । वडाले विद्यालयहरुमा दिवा खाजा कार्यक्रमका लागि समेत बजेट छुट्याएको छ । पशु कृषि कार्यक्रम र बाटो र्ममतका योजनाहरु समेत छन् ।
यही चैत्रसम्म सबै योजना सुरु भइसक्ने वडाध्यक्ष लामाले बताए । भने, ‘हामी सबै योजनाहरु समयमै सम्पन्न गर्ने तर्फ अग्रसर छौं ।’

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ७ : ५० बजे