१ आश्विन २०८१, मंगलबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको धोविघाटमा बटुवा थर्काउने पक्राउ (राजधानीका अपराधहरु)


९ पुस २०७७, बिहिबार  

0
Shares


९ पुस ०७७, ललितपुर । ललितपुर महानगरपालिका २ धोबीघाट चोकमा सुरक्षार्थ खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् । बा.८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटो हिँडेको मान्छेलाई अपशब्द बोलेपछि महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई बुझाई गर्ने क्रममा उनीहरूले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित पक्राउ
ललितपुर ललितपुर महानगरपालिका १३ कुसुन्तीबाट नगद ३० हजार रुपैयाँ, नियन्त्रित लागूऔषध ९ एम्पुल डाईजेपाम, ९ एम्पुल फेनारगन, ९ एम्पुल नोफिन, २ वटा प्रयोग गरेको सिरिन्ज र अवैध लागूऔषध ५० ग्राम गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका २ सानेपा बस्ने रामेछाप घर भएका २२ वर्षीय अजित बस्नेत र सानेपा बस्ने मकवानपुर घर भएका १७ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्युचाटारमा लाखौं चोरी
करिब ६ लाख ३५ हजार बराबरको धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं स्युचाटार बस्ने दोलखा शैलुङ गाउँपालिका ३ घर भएका सागर भन्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
गत साउन ८ गते सिन्धुली कमलामाई नगरपालिका २ बस्ने भोला बहादुर जर्घामगरलाई एक युवतीले मोटरसाइकलमा लिफ्ट मागी चोभारसम्म पुर्या उन अनुरोध गरेकोमा निज युवतीलाई चोभारमा पुर्याएउँदा अपरिचित ब्यक्तिहरुले भोला बहादुरको साथमा रहेको ६ तोला सुनको १ थान सिक्री, २ थान मोवाइल, १ थान चस्मा १ थान र नगद ७ हजार रुपैयाँ समेत गरी उक्त रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये लालबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा लालबहादुर समेतका मानिसहरुले अन्य स्थानहरुमा समेत युवतीको प्रयोग गरि बिभिन्न मानिसहरुलाई लुटपाट गरेको भन्ने खुल्न आएको हुँदा सो सम्बन्धमा समेत अनुसन्धान कार्य भईरहेको र लालबहादुरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

झारफुक गर्ने वाहानामा बलत्कार
३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शंखरापुर नगरपालिका ६ सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ हैबुङ बस्ने ४६ वर्षीय भिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भिमले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनारलाई पक्राउ गरेपछि विस्तुत अनुसन्धान गरिरहेको बताएको छ ।

 

सवारी दुर्घटना परी मृत्यु
काठमाडौं काठमाडौ महानगरपालिका १४ वल्खुस्थित सडकमा बा.२१ च ५०६४ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री नवलपरासी (पूर्व) देवचुली नगरपालिका १४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनमाल चोरी
काठमाडौं महानगरपालिका बौद्ध तिनचुली डेरा गरी बस्ने धादिङ घर भएका ३० खिल बहादुर गुरुङको कोठाबाट कोही नभएको अवस्थामा नगद र सुनका बिभिन्न गहना गरी करिब ५ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  २ : ४७ बजे