३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सुनाकोठी सडकमा महानगरको महाविजोक (तस्विरहरु)


१५ पुस २०७७, बुधबार  

0
Shares


ललितपुर खबर
१५ पुस ०७७, सुनाकोठी । मध्य तथा दक्षिण ललितपुर जोड्ने मुख्य सडक सातदोवाटो–चापागाँउ सडक । यो सडक साँधुरो मात्रै छैन । सडक भत्केर यात्रुले बर्षैंदेखि सास्ती खेप्न बाध्य छन् ।
कालोपत्र भत्केर सडक बर्षामा हिलाम्मे हुन्छ भने हिउदमा धुलाम्मे । सडक वरपरका पसलेलाई बसी नसक्नु छ । धेरै पसलले धुलो छेक्न प्लाष्टिक राखेका छन् । र्एक स्थानीयले भने, ‘पसलको सामान धुलोले ढाकेर जात्रा छ ।’
धुलोका करण धेरै मर्कामा स्थानीय कपडा व्यापारी परेका छन् । एक व्यापारीले भने, ‘धुलोले सबै कपडा पुरानो भईसके । पसलमा छोपौं कसैले देख्दैन, बेचौं मैलो कपडा विक्दैन ।’
उनका अनुसार महानगरले केही दिन अघिसम्म सडकमा पानी राख्ने हुँदा सझिलो थियो । आजकल पानी नराख्दा धुलो बढेको उनको भनाई छ ।
एक बर्ष अघि तत्काल सडक कालोपत्र गर्न असम्भव भएको भन्दै जनप्रतिनिधि र प्रसाशनले यथास्थितीमा कालोपत्र गर्ने निर्णयपछि शैलुङ्ग कन्ट्रक्सनको अगुवाईमा कालोपत्रेको काम शुरु भए पनि अझैं कालोपत्रको काम सकिएको छैन ।
शैलुङ्गले अहिलेसम्म सिमाकोदेखि सुनाकोठी चौतारासम्म १ किलोमिटर सडकमा मात्रै ग्राइभेल हालेर पेलेको छ । बाँकी ठाँउमा सडकमा ग्राइभेल छरेपछि धेरै धुलो उड्ने गरेको स्थानीयबासी बताउछन् ।
तस्विरहरु ः ललितपुर खबर

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३१ बजे