४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्वभर ५ करोड ८८ लाख कोरोना संक्रमणमुक्त


१६ पुस २०७७, बिहिबार  

0
Shares

१६ पुस ०७७, ललितपुर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ८ करोड ३० लाख ९९ हजार ८०६ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोरोना संक्रमितमध्ये ५ करोड ८८ लाख ९२ हजार ७७४ जना उपचारपछि निको भएका छन् ।

कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ लाख १२ हजार ६३५ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ९४ हजार ३९७ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित २ करोड २ लाख १६ हजार ९९१ जना पुगेको छ । ३ लाख ५० हजार ७७८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  १९ लाख ९८ हजार  ७९४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७८ लाख ६७ हजार ४१९ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ७७४ पुगेको छ । ९८ लाख ६० हजार २८० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ५८ हजार २२९ जना रहेका छन् ।ब्राजिलमा ७६ लाख १९ हजार  ९७० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९३ हजार ९४० को मृत्यु भएको छ । ६७ लाख ७ हजार ७८१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख १८ हजार २४९ जना रहेका छन् ।
रुसमा ३१ लाख ३१ हजार ५५० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५६ हजार ४२६ जनाको मृत्यु भएको छ । २५ लाख २५ हजार ४१८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ४९ हजार ७०६ जना रहेका छन् ।
फ्रान्समा २६ लाख ४९८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६४ हजार ३८१ जनाको मृत्यु भएको छ । १ लाख ९३ हजार ४५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २३ लाख ४३ हजार ७२ जना रहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : २३ बजे