५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा नयाँ रेकर्ड


२३ पुस २०७७, बिहिबार  

0
Shares


२३ पुस ०७७, काठमाडौं । नेप्सेले कारोबारको अन्तिम दिन बिहीबार थप १५ अंकको सुधार सहित २१९४ दशमलव ४८ अंकको नयाँ रेकर्ड बनाएको छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९१ अंक बढेर २१९४.४९ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो। यसै साताको पहिलो कारोबार दिन नेप्सेले सो अघिको अलटाइम हाइ रेकर्ड तोडेर २१७५.२८ को नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई हिजो अर्थात बुधबार तोडेर २१७८.५७ को अलटाइम रेकर्ड बनाएको नेप्सेले बिहीबार पुनः सो रेकर्डलाई तोडेर २१९४.४९ विन्दुको नयाँ रेकर्ड बनाएको हो।

नेप्सेले दैनिक नयाँ रेकर्ड बनाउँदै गर्दा दोस्रो बजारका लगानीकर्ताहरु उत्साहित भइरहेका छ। बिहीबार बजारमा २०८ कम्पनीको ५० हजार ९३३ पटकको कारोबारमा ५ अर्ब ८७ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।