११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


उद्योग वाणिज्य ललितपुरको कार्यसमितिद्धारा शपथ


२४ पुस २०७७, शुक्रबार  

0
Shares

२४ पुस ०७७, मंगलबजार । ललितपुर उद्योग वाणिज्य संघको  नवनिर्वाचित कार्य समितीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत पौष १८ गते भएको निर्वाचनपछि मनोज बहादुर न्याछ्योको नेतृत्वमा नयाँ कार्य समिती बनेको थियो ।

भएको ४१ औं वार्षिक साधारण सभापछि निर्वाचनबाट निर्वाचित अध्यक्ष,पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरुद्धारा संघको सभाकक्षमा शपथ ग्रहण गरिएको हो ।

शपथ ग्रहण संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले नवनिर्वाचित अध्यक्ष मनोजबहादुर न्याछ्योंलाई  सपथ गराएका थिए । भने पदाधिकारीहरु एवं कार्यसमिति सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष मनोजबहादुर न्याछ्योंले शपथ  गराएका  थिए ।

निर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, संस्थागत उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा उसन बज्राचार्य र महासचिवमा रुपकमान महर्जनलगायत विजयी भएका थिए । कार्यसमिति सदस्यहरुमा सजना श्रेष्ठ,  रमेश सिं महर्जन, मिलन शाक्य,  रुपेन्द्रराज शाक्य, बिमला शाक्य, शर्मिला श्रेष्ठ (जोशी),  महेश श्रेष्ठ, राजेशराज बज्राचार्यलगायत निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष मनोजबहादुर न्याछ्यों लामो समयदेखि संघबाट गठित विभिन्न समितिहरुमा सदस्यका रुपमा काम गरिरहेका थिए । २०६८ सालमा संघको कार्यसमिति सदस्यमा निर्वाचित न्याछ्यो त्यही समयदेखि  संघको कार्यसमितिमा रहि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । न्याछ्यों यसअघि संघको महासचिव थिए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ८ : ०२ बजे