९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


‘सुनचाँदी महासङ्घमा राजनीति नगर्नुस्’


२४ पुस २०७७, शुक्रबार  

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महाससङघद्वारा शुक्रबार आयोजित सातौँ र आठौँ वार्षिक साधारण–सभा तथा तेस्रो महाधिवेशन कार्यक्रममा सहभागी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत । तस्वीर ः प्रदीपराज वन्त/रासस

२४ पुस ०७७, काठमाडौं । शक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायमा राजनीति प्रवेश गर्न नहुने बताएका छन् । शुक्रबारदेखि काठमाडौँमा शुरु नेपाल सुनचाँदी व्यवसायी महासङ्घको साधारणसभा तथा तेस्रो महाधिवेशनमा मन्त्री श्रेष्ठले व्यवसायमा राजनीति प्रवेश गर्नु नहुने बताएका छन् ।
“हिजो म महासङ्घमा हँुदा व्यवसायीका हकहितको पक्षमा धेरै काम गरेँ, कति माग सम्बोधनका विषयमा दबाबसमेत दिइयो, तपाईहरुका समस्याहरु केके छन् समाधन गर्न म सहयोग गर्छु”, उनले भने, “सरकार व्यवसायीको साथमा छ, समस्याको समाधान गर्ने जिम्मा मेरो भयो ।” मन्त्री श्रेष्ठ महासङ्घको सल्लाहकारको रुपमा रहेका छन् ।
महासङ्घका अध्यक्ष मोहनकृष्ण विश्वकर्माले व्यावसायिक वातावरण नहुँदा खुम्चिएर व्यवसाय सञ्चालन गर्नुपरेको बताएका थिए । उनले सरकारले सुनको कारोबार गर्न दैनिक कोटा तोकिँदा खुला रुपमा व्यवसाय गर्न नपाएको भन्दै पुराना संस्कृति, परम्परा र इतिहास कायम राख्न व्यवसायीलाई सहयोग गर्न उनले आग्रह गरे । “विसं २०६६ देखि हामी व्यवसायीलाई सुनको कारोबार गर्न कोटा तोकिएको छ, शुरुआति दिनहरुमा दैनिक २० किलो सुनको विक्री वितरणको अनुमति भएकोमा हाल घटाउँदा घटाउँदै १० किलोमा झारिएको छ, बजारमा माग धेरै छ, तर हामीसँग तोकिएको परिमाण मात्र बेच्ने अनुमति छ”, उनले भने । उनले सुनचादीँ व्यवसायमा मात्र देशभर रु ५० अर्ब बढी लगानी भएको र वार्षिक रुपमा रु १२ अर्ब बढी राजश्व बुझाउँदै आएको बताए । हामीले यतिधेरै राजश्व सरकारलाई बुझाउने गरेको भए पनि सहज रुपमा सुनका लागि आवश्यक पर्ने कच्चा पदार्थसमेत नपाएको उनले गुनासो गरे । व्यावसायिक नीति, नियम, निर्देशिका, नियमावली, ऐन र कानून नबन्दा ऐन कानूनबिना नै सरकारले व्यवसायीलाई विभिन्न समयमा बजार अनुगमन गरी दुःख दिने काम गरेको उनले बताए ।
कोरोनाको समयमा महासङ्घले देशभर रु एक करोड ४० लाख बराबरको राहत वितरण गरेको र सबै कर्मचारीहरुलाई सेवासुविधा उपलब्ध गराइएको उनले बताए । महासङ्घको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति चयन शनिबार हुने महासङ्घले जनाएको छ । सबै पदमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनको तयारी भएको बताइएको छ

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ८ : ४१ बजे