८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुरको प्युटारमा अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु


२५ पुस २०७७, शनिबार  

0
Shares


सुभानु आचार्य
२५ पुस ०७७, प्युटार । ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित खयरघारी खेलमैदानमा ‘गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ शुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ गाउँपालिकाकै आयोजनामा आजदेखि आउँदो बुधबारसम्म पाँच दिन उक्त खेल सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले प्रतियोगितामा १४ समूहका खेलाडीले भाग लिने बताएका छन् । अध्यक्षे लोप्चनले भने, “युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन गत वर्षबाटै हामीले यस कामको थालनी गरिसकेका छाँै ।” खयरघारी खेल मैदान गाउँपालिकाको प्रमुख मैदान भएको हुँदा आर्थिक वर्ष २०७६÷७७ मा रु १५ लाख विनियोजन गरी सुधारका काम गर्नुका साथै आउँदो आर्थिक वर्षमा पनि केही बजेट विनियोजन गरेर सुविधासम्पन्न मैदान बनाउने योजना रहेको अध्यक्ष लोप्चनको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष रञ्जना तिमिल्सिनाले गाउँपालिकाले आयोजना गरेका खेलमा सहभागी हुने खेलाडीको एक झुन्ड बनाई विभिन्न स्थानमा समेत खेलाउन लैजाने धारणा व्यक्त गरिन् । उनले भनिन्, “खेलकूदको माध्यमबाट गाउँपालिकामा रहेका युवा क्लबका भाइबहिनीको क्षमता विकास गर्नेछाँै ।” गाउँपालिकाले खेलकूदका सामग्रीसमेत वितरण गर्ने गरेको उपाध्यक्ष तिमिल्सिनाले जानकारी दिइन् ।

शनिबार भएको खेलकूद प्रतियोगिताको शुभारम्भ योङ ब्रदर्श फुटबल क्लब गिम्दी र छोग्रे युवा फुटबल क्लब प्युटारबीच भएको छ । प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्रसहित रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : ०० बजे