३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रुसले नेपाललाई कोरोनाको खोप दिने


२९ पुस २०७७, बुधबार  

0
Shares


एजेन्सी । रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको जनाएको छ ।
रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । स्पुतनिक भी खोप रुसले विकास गरेको खोप हो । यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशले प्रयोग गर्न थालिसकेका छन् ।

यो खोप ५० भन्दा बढी देशले झण्डै डेढ अर्ब डोज माग गरिसकेका रुसले जनाएको छ । रुसले स्पुतनिक–भी खोपको चिकित्सकीय परीक्षण गर्दा ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी रुसले गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ११ : २४ बजे