१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुुनुुवाइ




२२ चैत ०७७, काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुुनुुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुुल सुवेदीलाई सुुनुुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको आइतबारको बैठकले उहाँहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी माग ग¥यो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए ।

प्रस्तावित न्यायाधीश सुुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुुराबारे बैठकलाई ध्यानाकर्षण गराएका थिए । बैठकमा उजुुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ५ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।