८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर मेयर कपमा सुदूरपश्चिमको जित




२४ चैत ०७७, काठमाडौं। ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ४० रनले हराएको हो ।
सुदूरपश्चिमले दिएको १३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले १८ ओभर ५ बलमा अलआउट हुँदै ८९ रन मात्र बनाउन सक्यो । प्रदेश–१ का लागि रुबिना क्षेत्रीले सर्वाधिक २७ रन जोडिन् । अप्सरी बेगमले २२ रन जोड्दा संगीता राईले १३ रन बनाइन् ।

बलिङतर्फ सुदूरपश्चिमका लागि स्पिनर स्पिनर लक्ष्मी साउँदले ह्याट्रिकसहित ४ विकेट लिएकी थिइन् । उनले १८ औं ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा विकेट लिइन् । त्यस्तै कविता कुँवर र कविता जोशीले २–२ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि बिन्दु रावलले अर्धशतकीय पारी खेलिन् । उनले ५२ रन बनाइन् । त्यस्तै रेवती धामीले ३० रन जोड्दा कविता जोशीले २१ रन जोडिन् ।

बलिङतर्फ प्रदेश–१ की शबनम राईले २ विकेट लिइन् । ज्योति दनुवारले १ विकेट लिइन् ।

आजको खेलमा जित निकालेसँगै सुदूरपश्चिम प्रदेशले फाइलन प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।
सुदूरपश्चिमले ३ खेलकाट ४ अंक जोडेको छ । प्रदेश १ ले ३ खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ५८ बजे