२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको भाउ बढ्यो




२६ चैत ०७७, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। बिहीबार सुनसँगै चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ८८ हजार र तेजबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।