२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रु रु जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँट, सिइडिबीले पायो अनुमति



२ वैशाख ०७८, काठमाडौं । रु रु जलविद्युतले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओ शुक्रबार बिहान साढे ८ बजे एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो।

कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा करिब १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। जुन कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको ६१.६८ गुणा धेरै हो। यस अनुसार कम्पनीको आइपीओमा आवेदन दिने झण्डै ९८ प्रतिशत लगानीकर्ताको हात खालि हुने प्रारम्भिक तथ्याँकले देखाउँछ।

यसैबीच नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावरलाई सर्वसाधारणको लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।
बोर्डले कम्पनीलाई बैशाख २ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो। त्यस अनुसार कम्पनी सर्वसाधारणलाई २५ लाख १८ हजार २३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।