८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई हरायो




४ वैशाख ०७७, काठमाडौं । त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १३६ रन बनायो । एक सय ३७ रनको विजयी लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अद्र्धशतकीय पारी खेले । उनले ४६ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतमा ६२ रनको योगदान दिए । यस्तै आशिफ शेखले अविजित ५४ रन बनाए । उनले ३८ बल खेल्ने क्रममा चार छक्का र चार चौका प्रहार गर्नुभयो । कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाए ।

बलिङतर्फ नेदरल्याण्ड्सका जुलियन डे मेइले एक विकेट लिए । यसअघि नेदरल्याण्डस्का लागि बासडी लीडेले सर्वाधिक ४१ रन बनाएका थिए । यस्तै स्कट इड्रवासले ३०, कप्तान पिटर सिलारले अविजित २२, एनोनियस स्टालले अविजित २० तथा म्याक्स ओदाउदले १० रन बनाउनुभएको थियो । नेदरल्यान्ड्ले तेस्रो ओभरमा १२ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको थियो ।

सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई पेभेलियन फर्काएका थिए । नेदरल्यान्ड्सको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । उनले बेन कोपरलाई बिना कुनै रन पेभेलियन फर्काउनुभएको थियो । खेलको १४औँ ओभरको पाँचौँ बलमा नेदरल्यान्ड्सका इड्वार्डलाई साहब आलमले मैदान बाहिर पठाए । खेलको १७औँ ओभरमा नेदरल्यान्ड्सका बास डे लिडे पेभेलियन फर्किए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र साहब आलमले एक–एक विकेट लिए । लामिछानेले चार ओभर बलिङ गर्दै २२ रन खर्चिए । यस्तै कामीले चार ओभरमा मात्र १३ रन खर्चिनुभयो । करण केसीले चार ओभरमा २२ रन खर्चिनुभयो भने अभिनाष बोहराले चार ओभरमा २५ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

डेब्यूमै कुशलको अर्धशतक

नेपाली युवा खेलाडी कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको डेब्यू खेलमै अर्धशतक बनाए । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरूद्ध खेल्दै भुर्तेलले ३० बलको सामना गर्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक पूरा गरेका थिए । चौबीस वर्षीय भुर्तेललाई आजको खेलमै डेब्यू गर्नुभएका आशिफ शेखले राम्रो साथ दिएका थिए ।

शेख दाजुभाइले राष्ट्रिय टोलीबाट एकसाथ खेले

नेदरल्याण्डस्विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफ शेख र आसिफ शेखले नेपालको राष्ट्रिय टोलीबाट एकसाथ खेलेका छन् । दुवै जना दाजुभाइ हुन् । एकदिवसीय प्रतियोगितामा भने दुवै जनाले यसअघि पनि एकसाथ खेलेका थिए । आरिफ दाजु तथा आरिफ भाइ हुन् ।

आसिफले आजको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ७ : १६ बजे