१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य बढ्यो




५ वैशाख ०७७, काठमाडौं । सुनको मूल्य आइतबार बढेको छ । गत शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, यस दिन २०० रुपैयाँ बढेको हो। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

नयाँ वर्ष अर्थात २०७८ साल लागेदेखि नै सुनको मूल्य निरन्तर लागिरहेको छ। २०७७ को अन्तिम दिन अर्थात चैत ३१ गते ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बैशाख ५ गतेसम्ममा १ हजार २०० रुपैयाँ बढेको छ।

सुनको मूल्य बढेपनि यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।