१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सिइबिडि हाइड्रोपावरको आइपीओ वैशाख १७ देखि बिक्री खुल्ला




८ वैशाख ०७७, काठमाडौं । सिइबिडि हाइड्रोपावर कम्पनीको आइपिओ वैशाख १७ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
आइपीओमा वैशाख १७ गतेदेखी बैशाख ३१ गते आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर छिटोमा भने बैशाख २१ गते नै आइपीओ बिक्री बन्द हुने उल्लेख गरिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात् ५० हजार ३ सय ३६५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता नागरिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १ : ५० बजे