५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


महाङ्काल गाउँपालिकामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा



 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

८ वैशाख ०७७, ललितपुर । सन्राइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका वडा नं.–६, ठुलादुर्लुङमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
सो दुुुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ । शनिबार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रममा महाङ्काल गाउँपालिका वडा नं. ६ का वडा सचिव इश्वरा पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ग्राहकहरmले ए.टि.एम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ६ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।