१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चन्द्रागिरि केबलकारमा कोरोना खोप लगाएका यात्रुलाई २५ प्रतिशत छुट




९ वैशाख ०७७, काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोरोना विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोरोना विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ यो सहुलियत ल्याएको हो ।
हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना लागू गरिएको जानकारी दिएका छन् । अहिले चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स जान तथा आउनका लागि रु ७ सय लिइँदै आएकामा कोरोना खोप लगाएकालाई भने २५ प्रतिशत सहुलियत दिने व्यवस्था मिलाइएको महाप्रबन्धक शाहको भनाइ छ ।
लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डलाई पालना गर्दै सञ्चालनमा आएको चन्द्रागिरि हिल्सले भौतिक दूरी, स्यानिटाइजर र माक्सको प्रयोगलाई अनिवार्यरुपमा लागू गरेको छ । चन्द्रागिरि केबलकारमा हाल १ सय ५० कर्मचारी कार्यरत छन् । सबै कर्मचारीले पहिलो चरणको कोरोना सुई लगाइसकेको महाप्रबन्धक शाहले बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ८ : ४० बजे