८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुरको हार, काठमाडौँको जित



शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन काठमाडौँ रेजर्स र ललितपुर सिटी बीचको खेलमा बललाई नियन्त्रण प्रयास गर्दै खेलाडी । तस्वीर : रोशन सापकोटा\रासस

१२ वैशाख ०७७, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबारदेखि शुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर सिटीले पराजय भोगेको छ भने काठमाडाँै रेजर्स एफसी विजयी भएको छ ।
काठमाडौँले ललितपुरलाई एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । काठमाडौँका लागि मेसौके ओलुमोउले निर्णायक गोल गरे । उनले खेलको ६६औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् । प्रतियोगिताको विजेताले रु ३५ लाख र उपविजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु एक÷एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ५९ बजे