१४ वैशाख ०७८, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ४५ लाख कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणलाई निष्काशन गरेको २९ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको १४ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड १ लाख ५० हजार कित्ता समेत गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयर बुधबार देखि कारोबारमा आउने छ ।
प्रतिक्रिया