१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तत्कालका लागि कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगित




१६ वैशाख ०७८, काठमाडौं। काठमाडौं भेरोसेल खोप वितरण स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले एक विज्ञप्ति निकालेर केही समयका लागि खोप वितरणको काम स्थगित भएको जानकारी गराएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र व्यवस्थापन महाशाखाबाट खोप लगाउने कार्यक्रम रोक्न सिफारिस भएकाले तत्कालका लागि यो खोप लगाउन बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए।

गएको चैत ४ गतेको सरकारको निर्णय अनुसार दोस्रो चरणको खोप अभियान अन्तर्गत चैत २५ गतेदेखि यो खोप लगाउन सुरु भएको थियो । १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भेरोसेल खोप दिइएको थियो ।

भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।