१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा दोहोरो अङ्कको गिरावट




२३ वैशाख ०७८, काठमाडौं । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा समेत धितोपत्र बजारमा शेयर कारोवार भने निरन्तर जारी छ । सोही क्रममा आज नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १२.४७ बिन्दुले ओरालो लागेर दुई हजार ६३७.१३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७७ ले ओरालो लागेर ४७३.०४ मा ओर्लेको छ ।

कूल २१६ कम्पनीको एक करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर रु छ अर्ब ८१ करोड ९१ हजार ४५३ बराबरको खरिद बिक्री भयो । आजको कारोवारपछि बजार पूँजीकरण रु ३६ खर्ब ५८ अर्ब ७६ करोड ४३ लाख ३० हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.११, वित्त ३.८५ र लगानी ०.१५ ले उकालो लागेको छ ।

व्यापार ६२.९९, होटल तथा पर्यटन ४४.४, विकास बैंक १३.८५, जलविद्युत् ४९.३९, निर्जीवन बीमा १३०.३१, उत्पादन ३७.८२, अन्य २३.७२, लघुवित्त ६३.८५, जीवन बीमा २३९.३३ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा आज एचआइडिसिएल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४६ करोड ७४ लाख ३४ हजार ९२९ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।
यस्तै, एनसिसी बैंक रु ४२ करोड ९४ लाख ५९ हजार ७०३, लक्षमी बैंक रु २६ करोड ४५ लाख २१ हहजार ४५८, अपि पावर कम्पनी रु १५ करोड ६७ लाख २८ हजार ३११, नेपाल पूर्वाधार बैंक रु १५ करोड सात लाख ५६ हजार १५३, प्रभु इन्स्योरेन्स रु १४ करोड ९५ लाख नौ हजार ३४०, गरिमा विकास बैंक रु १३ करोड ८१ लाख ४६ हजार १०३, नेशनल लाइफ इन्स्योरेन्स रु १३ करोड ३३ लाख दुई हजार ५९०, नेपाल पुनरबीमा कम्पनी रु १३ करोड दुई लाख ८६ हजार ७८९ र नेपाल बैंक रु ११ करोड ८४ लाख २८ हजार ६२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा जनउत्थान सामुदायक लघुवित्त, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । ती कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्तका लगानीकर्ताले समेत ९.९९ प्रतिशतले कमाउँदा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्त ९.९२, रुरु हाइड्रोपावर ९.९१, यूनियन हाइड्रोपावर ९.५२, जोशी हाइड्रोपावर ९.४९, लक्षमी बैंक ९.४९, दिव्यश्वरी हाइड्रोपावर ८.५० र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ७.८६ प्रतिशतले कमाए ।

नेप्सेका अनुसार विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लागेको छ । सिंगटी हाइड्रोपावर ९.०७, ङादी समूह ८.५७, सिनर्जी पावर ४.६४, कालिका पावर कम्पनी ४.२४, शिव श्री हाइड्रोपावर ४.०२, माउण्टेन हाइड्रो ३.७०, आशा लघुवित्त ३.६०, यूनिभर्सल पावर ३.४० र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।