२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल सुपर लिग फुटवलको प्ले अफमा काठमाडौं



फाइल तस्विर

२६ वेशाख ०७८, काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आज आइतबार भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडाँैंका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गरेका छन् । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गरे । खेलको १७ औंँ मिनेटमा काठमाडौँका ओलोमोउले गोल गरेका हुन् । खेलको ३४ औंँ मिनेटमा राईले काठमाडौँका लागि दोस्रो गोल गरेका थिए ।
चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गरेका थिए । खेलको ४४ औंँ मिनेटमा काठमाडौंँका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो । खेलको ८१ औंँ मिनेटमा काठमाडौंँका प्रिजेन तामाङ गोल गर्नबाट चुकका थिए । चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो । काठमाडौंँले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।