१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बढ्याे नेप्से



२८ वैशाख ०७८, काठमाडौं । शेयर बजार परिसूचक नेप्से २७ अङ्कभन्दा धेरैले बढेको छ । सबै समूहको शेयर बढेपछि नेप्से २७ दशमलव ४७ अङ्कले बढेर २६ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको छ ।

बैंकिङ समूहको शेयर तीन अङ्कले, विकास बैंक समूहको शेयर २३ अङ्कले, व्यापारको दुई सय २१, जलविद्युतको २१, फाइनान्सको साढे १७, माइक्रो फाइनान्सको ६५, जीवन बीमा समूहको दुई सय ६७, निर्जीवन बीमाको एक सय ७६, उत्पादनको एक सय ३९ र अन्य समूहको शेयर ५३ अङ्कले बढेको छ ।

मङ्गलवार दुई सय २० कम्पनीका एक करोड आठ लाख कित्ता शेयर पाँच अर्ब ८१ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

मङ्गलवार बोटलर्स नेपाल, रुरु जलविद्युत्, युनाइटेड मर्दी हाइड्रो, गुहेश्वरी मर्चेण्ट बैंक र समता घरेलु लघुवित्त कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।