१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जाइकाले चासो नदेखाएपछि सरकारले आफैँ विस्तार गर्दै सूर्यविनायक–धुलिखेल सडक




२८ वैशाख ०७८, काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक खण्ड सरकारले आफैले विस्तार गर्ने भएको छ ।
जापानी सहयोग नियोग जाइकाले सडक विस्तारमा चासो नदेखाए पछि सरकारले आफ्नै स्रोतबाट सूर्यविनायक(धुलिखेल सडक विस्तार प्रक्रिया अघि बढाउन खोजेको हो ।
स्वदेशी स्रोतबाटै सूर्वविनायक–धुलिखेल सडक विस्तार गर्न खोजिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

‘आगामी आर्थिक वर्षबाट सूर्यविनायक(धुलिखेल सडक विस्तार प्रक्रिया अघि बढाउने लक्ष्य छ’, थापाले भने, ‘यसका लागि सरकारसँग बजेट माग गरिएको छ ।’

सरकारले बजेटको सूनिश्चिता दिएमा साउनमै ठेक्का प्रक्रिया अघि बढाउनेगरी तयारी अघि बढाइएको थापाले जानकारी दिए ।

सडक बिस्तारका लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ । ४ लेनमा बिस्तार गरिने सडकमा सर्भिस लेन भने निर्माण गरिने छैन ।

काठमाडौंको माइतीघरदेखि भक्तपुरको सूर्यविनायसम्मको सडक ६ लेनमा बिस्तार भइसकेको छ । करिब १५ किलोमटिर सूर्यविनायक(धुलिखेल सडक खण्ड मुस्किलले २ लेनको छ । अरनिको राजमार्गका साथै बिपी राजमार्ग सञ्चालनमा आएसँगै सवारीको चाप बढ्दो छ । साँघुरो सडकका कारण पछिल्लो समय यो खण्डमा ट्राफिक जाम उच्च छ ।

कोटेश्वर–सूर्यविनाक र बिपी राजमार्ग (धुलिखेल(बर्दिवास) जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।