२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना रोकथामको कार्ययोजना ल्याउन माग गर्दै देउवाले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र




६ जेठ ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना माग गर्दै दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
सभापति देउवा नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलले आज विहीबार प्रधानमन्त्री ओलीलाई भेटेर कोरोनाको नियन्त्रणका लागि १५ बुँदे कार्ययोजनासहितको ज्ञापनपत्र बुझाएको हो ।
कांग्रेसले कोरोनाको हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुन सक्ने तेस्रो चरणको संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल खोपको सुनिश्चितता गर्न, कूटनीतक पहल तीव्र पार्न र खोप आपूर्ति बिचौलियारहित तथा पारदर्शी ढंगबाट गर्न माग गरेको छ ।
कोरोनाको पहिलो चरणमा स्वास्थ्य सामग्री आपूर्तिमा देखिएको भनिएको अनियमितता, भ्रष्टाचार तथा अहिले खोप आपूर्तिमा देखिएको भनिएको कमिशनतन्त्रको सम्बन्धित निकायबाट स्वतन्त्र रुपमा छानबिन गर्नुपर्ने कांग्रेसको माग छ । त्यस्तै देखिएको अक्सिजन अभाव हटाउन कन्सेन्ट्रेटर, प्लान्ट र सिलिण्डरको तत्काल आपूर्ति सुनिश्चित गरी पारदर्शी वितरणको व्यवस्था मिलाउनुपर्ने कांग्रेसको ज्ञापनपत्रमा उल्लेख छ ।
सबै जिल्लामा आवश्यकतानुसार शय्या, अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्नुपर्ने पार्टीको माग छ । संक्रमणको तेस्रो लहरले बालबालिकासमेत गम्भीर रुपमा प्रभावित हुने विज्ञले प्रक्षेपण गरिरहेका स्थितिमा तिनलाई जोगाउने विशेष सचेतना अभियान चलाउन कांग्रेसले प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।
कन्ट्याक्ट टे«सिङका आधारमा बढीभन्दा बढी पिसिआर परिक्षणको व्यवस्था गर्नुपर्ने र स्वाब संकलनका लागि घुम्ती टोलीको व्यवस्था गरी छिटो परिक्षणको नतिजा दिने व्यवस्था मिलाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । निजी अस्पतालले उपचार शुल्क र हेलिकोप्टर कम्पनीले रेस्क्यु सेवा शुल्क अत्याधक लिने गरेको गुनासोमा ध्यान दिन आग्रह गर्दै सरकारले नियमन र सहुलियतको व्यवस्था लागु गर्नुपर्ने कांग्रेसको माग छ ।
कांग्रेसले अक्सिजनलगायत अन्य आवश्यक औषधिको आपूर्तिमा देखिएको कार्टेलिङ, कालोबजारी र जम्माखोरीलाई तत्काल रोक्न तथा कोरोनाबाट प्रभावित समुदायलाई आर्थिक राहत प्याकेजको व्यवस्था गर्न पनि माग गरेको छ । हरेक प्रदेशमा सुविधासम्पन्न अस्पताल र हरेक जिल्लामा न्यूनतम सुविधायुक्त स्वास्थ्य पूर्वाधारको सुनिश्चितता गर्नुपर्ने र आइसोलेशनमा रहेका संक्रमितको मनोबल उच्च राख्न स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्शका लागि स्वास्थ्य परामर्श सेवा हटलाइनको व्यवस्था गर्नुपर्ने कांग्रेसको सुझाव छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्राविधिक स्वास्थ्य सचिव तत्काल नियुक्त गर्न र कोरोना संकट व्यवस्थापन केन्द्रका ठाउँमा प्रभावकारी संयन्त्रको व्यवस्था मिलाउनसमेत कांग्रेसले माग गरेको छ । यसैगरी स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट टे«सिङ, संक्रमितको आइसोलेशन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पु¥याउने व्यवस्थाका लागि जिम्मेवारी दिन माग गरिएको छ ।
सीमा नाका र अन्तरराष्ट्रिय हवाई उडानबाट हुने आवतजावतलाई पिसिआर परिक्षण र अन्य कोरोना मापदण्डको सुदृढ व्यवस्थापनका आधारमा नियमन गर्नुपर्ने र विदेशमा जाने श्रमिकको परीक्षणमा गरिएको कार्टेलिङको अन्त्य गर्नुपर्ने कांग्रेसको माग छ । स्वास्थ्यकर्मीलाई घोषणा गरिएको बीमा र जोखिम भत्ताको समयमा सुनिश्चितता नहुँदा अहोरात्र खट्ने स्वास्थ्य र सफाइकर्मीमा उत्साह थप्न नसकिएको जनाउँदै कांग्रेसले यसलाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १२ : ५४ बजे