५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभा निर्वाचन: बादललाई हराउँदै देवकोटा निर्वाचित



६ जेठ ०७८, काठमाडौं । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन् । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन्को ।

खिमलाल देवकाेटा पाँच हजार ८८ मतभार सहित विजयी भए । यस्तै रामबहादुर थापाले चार हजार १४ मतभार र कृष्णगाेपाल तामाङले एक सय ३२ मतभार प्राप्त गर्नुभएकाे हाे ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएकाे हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ६ : ०३ बजे