२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ८ हजार ३०५ जनामा कोरोना पुष्टि



६ जेठ ०७८, काठमाडौं । बिहीबार नेपालमा कोभिड– १९ संक्रमित, मृत्यु र निको हुने संख्या स्थिर रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षण गरेका २२ हजार ८७ मध्ये ८ हजार ३ सय ५ जनामा पोजेटिभ देखिएको छ । सोही अवधिमा ६ हजार ५ सय ४३ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ९० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।

नेपालमा कोभिड १९ निको हुने दर ७५ दशमलव १ प्रतिशत रहेको छ ।

काठमाडौंमा भने संक्रमित संख्या बढेको छ । काठमाडौंमा २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जना गरी उपत्यकामा ३२३२ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ६ : २३ बजे