१३ जेठ ०७८, काठमाडौं । १६ वटा हाइड्रो र लघुवित्तको आइपीओ आउँदैछ । नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या अहिले १६ पुगेको छ ।
बोर्डको रेकर्ड अनुसार १६ कम्पनीले ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।
यी सबै कम्पनीको आइपीओलाई धितोपत्र बोर्डले अनुमति दिएमा प्राथमिक बजारमा कुल ४ करोड ४६ लाख ७७ हजार ६३४ कित्ता आइपीओ आउनेछ ।
पाइपलाइनमा रहेका मध्ये १२ जलविद्युत समूहका र ३ वटा लघुवित्त कम्पनीहरु छन् ।
प्रतिक्रिया