११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्रदेश र स्थानीय तहले कति पाए अनुदान(सूचीसहित)




१६ जेठ ०७८, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ रुपैयाँ प्रदेश र स्थानीय तहका लागि बिनियोजन गरेको छ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदानबाट प्रदेश र स्थानीय तहका लागि उक्त बजेट बिनियोजन गरेको हो।

प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ बिनियोजन गरिएको छ। उक्त रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ छ।

बजेटको विवरण

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ४ : १८ बजे