११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गुडविल सहकारीकाे ठगी प्रकरणः अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा



१७ जेठ ०७८, ललितपुर। ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी ठगी गरेको मुद्दाको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

चैत २२ मा प्रहरीले गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको थियो । गुडविलबाट लिएको ऋण तिर्न नसकेपछि उनी भागेका थिए ।

सम्बन्धित समाचार

ललितपुर कुमारीपाटीको गुडविल सहकारीका अध्यक्ष भागेपछि २० जनाले दिए उजुरी

पक्राउ पर्नेमा केही मिटरब्याजीहरु छन् । गुडविल बचत तथा ऋण सहकारीमा जनताले डिपोजिट गरेको रकम दिवाकर सहितको समूहले ठगी गरेका हुन् ।

गुडविल सहकारीका अध्यक्ष श्रेष्ठले बित्तिय संस्थाबाट लोन लिएर घरजग्गा किनेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । ऋण तिर्नका लागी मिटरब्याजमा लगानी गर्नेहरुले दिवाकरलाई पैसा दिएर चर्को ब्याज लिँदा सहकारीमा राखेको सर्वसाधारणको पैसा डुबेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दिवाकरले गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट करिब २ अर्ब ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार

ललितपुर कुमारीपाटीको गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ ठगी अभियोगमा पक्राउ

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ११ : ०३ बजे