१७ जेठ ०७८, काठमाडौं । काठमाडौंको मैतिदेविमा एउटा घरमा रहेको २ वटा सहकारीमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली ऋण तथा सहकारी संस्था र जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।
गौथली सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको छ । झ्यालको भ्यान्टिलेटरबाट प्रवेश गरी अपरिचित ब्यक्तिहरुले दुवै सहकारी संस्थाबाट यो सरसामान र नगद चोरी गरेको बताइएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया