५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


६,८९८ कोराेना संक्रमणमुक्त, थप ६ हजार ८५ जनामा सङ्क्रमण



१८ जेठ ०७८, काठमाडौं । नेपालमा थप ६ हजार ८५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार दुई सय ८५ जनामा र तीन हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ सय जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख ६६ हजार पाँच सय ८७ पुगेकाे छ । अहिले नेपालमा एक लाख चार हजार सात सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ४ लाख ५४ हजार ३ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन् ।

कोभिड-१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ७ हजार ४ सय ५४ संक्रमितको मृत्यु भइसकेको छ ।  काठमाडौँमा १ हजार ६०, भक्तपुर २ सय १५ र ललितपुरमा २ सय ८३ संक्रमित थपिएका हुन् ।

 

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ६ : ०८ बजे