५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्से परिसूचक दुई हजार ९०० को बिन्दुमा



२३ जेठ, ०७८,काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आज अर्को नयाँ कीर्तिमान कायम गरेको छ । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाइरहेको बेला नै नेप्से परिसूचक दुई हजार ९०० को बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार हुने साताको पहिलो दिन नेप्से ५०.१३ बिन्दुले बढेर दुई हजार ९०६.८९ मा पुगेको छ । यो हालसम्मकै उच्च अंक हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.८८ ले सुधार भई ५२०.९९ मा पुगेको छ । यो परिसूचक पनि हालसम्मकै उच्च हो । कूल २१७ कम्पनीको तीन करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर रु १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ६९.८५, विकास बैंक ९६.३१, वित्त २७.७२, अन्य ६६.९४, लघुवित्त ४.२८, सामुहिक लगानी कोष ०.२४ र लगानी ४.०३ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ४३.२८, होटल तथा पर्यटन १८.९८, जलविद्यसुत् ४६.८३, निर्जीवन बीमा ८३.३१, उत्पादन ६७.२८, जीवन बीमा १२५.४ बिन्दुले ओरालो लागेको छ ।

आइतबारको कारोवार पछि बजार पूँजीकरण पनि मुलुकको कूल ग्रार्हस्थ्य उत्पादन भन्दा धेरै माथि पुगेको छ । नेप्सेका अनुसार कूल रु ४० खर्ब ३३ अर्ब ७९ करोड ४४ लाख ५२ हजार १५७ बराबरको बजार पूँजीकरण पुगेको छ ।

कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब २१ करोड १४ लाख ५६ हजार ९४६ बराबरको कारोवार भयो । यस्तै, नेपाल पूर्वाधार बैंक रु ८३ करोड ९० लाख ४४ हजार ६७, लुम्बिनी विकास बैंक रु ५४ करोड ७५ लाख ६४ हजार ३४७, कुमारी बैंक रु ४६ करोड ५७ लाख ४० हजार ५०९, मेगा बैंक रु ४४ करोड ७७ लाख २३ हजार ६०७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, महिला लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । गुडविल फाइनान्स ९.८९, लुम्बिनी विकास बैंक ९.८८, रिडी हाइ८«ाोपावर ९.८७, नेपाल बङ्गलादेश बैंकका लगानीकर्ताले ९.०७ प्रतिशतले कमाए । उता राधी विद्युत् कम्पनी ८.५६, दिव्यश्वरी हाइड्रोपावर ६.९१, नारायणी डेभलपमेन्ट बैंक ५.९७, आँखु खोला जलविद्युत् कम्पनी ५.४९ र यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५.१४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।