९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप २६३६ जनालाई कोरोना संक्रमण, २० को मृत्यु



१५ असार ०७८, ललितपुर । नेपालमा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो।
त्यस्तै थप २० जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ४३४८ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।