५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


जीवन विकास लघुवित्तको आईपीओमा झन्डै २१ लाखको आवेदन



१५ असार ०७८, काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७६२ जनाको आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार बेलुकासम्ममा उक्त सङ्ख्यामा तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

याे सर्वसाधारणलाई छुट्याएकाे १८ लाख ४८ हजार १५ कित्ताकाे १६.९२ गुणा हाे ।

लघुवित्तकाे शेयरमा माग भन्दा बढी आवेदन परेकाेले धिताेपत्र निष्काशन तथा बाँडफाँड  निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गाेलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तकाे शेयर पाउनेछन् ।

त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ । याे अन्तिम तथ्यांक नभएकाेले आवेदन दिनेको संख्या अझै बढ्नेछ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।