५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


वातावरण विनास आजको गम्भिर समस्या




श्रीराम कासिछवा
विश्वव्यापी रुपमा वातावरण प्रदूषण विकराल समस्याको रुपमा बन्दै गइरहेको छ । तीव्र जनसङ्ख्या वृद्धि, कृषिमा अत्यधिक रसायनिक मलको प्रयोग, विभिन्न किसिमका सवारीसाधनबाट निस्कने ग्यास, उद्योग तथा कल कारखानाबाट उत्सर्जन हुने क्लोरोफ्लोरो कार्बन, फोहोरमैला, वनजङ्गल विनासको कारणले वातावरण दिन प्रतिदिन प्रदूषित भइरहेको छ ।
त्यस्तै अव्यवस्थित सहरीकरण, आणविकभट्टीबाट निस्कने विषालु ग्यास, प्राकृतिक स्रोतमाथि अत्यधिक प्रयोग आदिको कारणलेपनि वातावरण प्रदूषण भइरहेको छ । वातावरण प्रदूषणकाकारण प्रत्येक वर्ष नेपालमा ०.०६ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको छ ।
विभिन्न किसिमका समस्याहरू उत्पन्न भएका छन् । यसले गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर परेको छ । आँखा पाक्ने, छाला चिलाउने, श्वास प्रश्वासजस्ता समस्या उत्पन्न भएका छन् । वातावरणमा अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको समस्या उत्पन्न भएको छ ।
रेफ्रिजेरेटर, एयर कन्डिसन, प्लास्टिक फोम बनाउन प्रयोग हुने सीएफसीको कारण ओजन तह पातलिंदै गइरहेको छ । विश्वव्यापी रुपमा ग्लोबल वार्मिङकोसमस्या बन्दै गइरहेको छ । सांस्कृतिक सम्पदाको अवस्थामा समेत नकारात्मक प्रभाव परेको छ ।
जलवायु परिवर्तनका कारण सन् १९६१ देखि २००३ सम्म प्रत्येक वर्ष १.८ एमएमसामुद्रिक पानीको सतहमा वृद्धि भएको छ भने हिमाली भेगमा रहेका हिमताल पग्लने तथा फुट्ने सम्भावना छ ।
वर्तमान समयमा ०।७४ डिग्री सेल्सियसले पृथ्वीका ेतापक्रम वृद्धि भइरहेको छ । यसले ओजन तह विनास भइरहेको छ । वातावरण प्रदूषणका कारण वन्यजन्तुको आहारामा खलबलिएको छ । वातावरण संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । वातावरण सफा रहेमात्र हामी स्वस्थ रहन्छौ ं। मानिस एकवातावरणको महत्त्वपूर्ण अभिन्न अङ्ग हो । हरेक मानवीय क्रियाकलापले वातावरणलाई प्रत्यक्ष असर गरेको हुन्छ । तसर्थ वातावरण संरक्षणमा मानिसको अहम भूमिका हुन्छ ।
यसको लागि पुराना सवारी साधनलाई व्यवस्थापन गर्नुपर्छ । उद्योग, कलकारखानाबाट निस्कने विषालु ग्यासलाई नियन्त्रण गर्ने वैज्ञानिक पद्धति अपनाउनुपर्छ । प्रकृतिमा रहेका प्राकृतिकस्रोत विवेकपूर्ण तरिकाले उपयोग गर्नुपर्छ । दिगो विकासको अवधारणालाई प्रमुख प्राथकितामा राख्नुपर्छ । वातावरण संरक्षण गर्न वृक्षारोपणजस्ता कार्य गर्नुपर्छ र त्यसको उचित तरिकाले संरक्षण र संवर्द्धनसमेत गर्नुपर्छ । त्यसको उचित तरिकाले संरक्षण र संवर्द्धन गर्नुपर्छ । प्रकृति क्षेत्रमा प्रयोग हुने कीटनासक औषधि तथा रसायनको प्रयोग कम गर्दै जानुपर्छ । वातावरणसम्बन्धी बनेका ऐन कार्यान्वयन गर्नुपर्छ । बढ्दो जनसङ्ख्या नियन्त्रण गर्नुपर्छ । वातावरण शिक्षाको महत्त्वबारे प्रचारप्रसार गर्नुपर्छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : ५२ बजे