२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको भाउमा गिरावट



१६ असार, ०७८ काठमाडौं । बुधबार सुनचाँदीको भाउमा गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ६०० र तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।