
१८ असार ०७८, काठमाडौं । सुन र चाँदीको भाउ दैनिक रुपमा बढ्न थालेको छ । बिहीबार तोलामा ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पनि तोलामा ५०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस्तै, शुक्रबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी अघिल्ले दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।








प्रतिक्रिया