
२३ असार ०७८, काठमाडौं । सुनको भाउ बुधबार सामान्य बढेको छ । चाँदीको भाउ घटेको छ। सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
यस्तै, बुधबार चाँदीको भाउ भने घटेको छ। यस दिन चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।








प्रतिक्रिया