१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भानुजयन्तीमा सार्वजनिक बिदा



२८ असार ०७८, काठमाडौं । जिल्लाको भानु नगरपालिकाले भानुजयन्तीका उपलक्ष्यमा भोलि मङ्गलबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिइन् । विसं १८७१ असार २९ गते भानु नगरपालिका ४ चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।
स्वदेश तथा विदेशी साहित्यकारहरुको समेत जमघट गरेर भानु जयन्ती साताव्यापी रुपमा मनाउँदै आएकामा यस वर्ष कोरोना सङ्क्रमणका कारण २०८औँ भानुजयन्ती एक दिन मात्रै मनाइने भएको छ । भानु नगरपालिका ४ चुँदीरम्घा बँेसीस्थित भानुजन्मस्थल विकास समितिको कार्यालयमा भोलि बिहान भानुप्रति श्रद्धाञ्जलि तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।