१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मकवानपुरमा दुई जना मृत फेला



२९ असार ०७८,मकवानपुर । मकवानपुरका फरक दुई स्थानमा आज मंगबार बिहान दुई पुरुषको शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५ः३० बजेको समयमा बकैया गाउँपालिका ३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा एक पुरुष मृत भेटिएका हुन् । दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया ४ तामाखोला बस्ने ३५ वर्षीय भीमबहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । उनका अनुसार मृतक खत्री स्थानीय क्रसर उद्योगमा मजदुरी गर्दै आएका थिए ।
प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका २ सङ्गमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृतावस्थामा फेला परेका छन् । दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भनिने करिब ५० वर्षीय पुरुषको शव बिहान ७ः०० फेला परेको प्रहरी उपरीक्षक रिमालले जानकारी दिए । डिके भनिने पुरुषको थप पहिचान खुल्न सकेको छैन । दुवै शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइनल तस्बिर

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।