११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अदालतको फैसलामा अध्यक्ष बिजुक्छेँको टिप्पणी : प्रजातन्त्र विपरीत भएको आरोप



३१ असार ०७८, भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताएका छन् । समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष विजुक्छेंले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाए । अध्यक्ष बिजुक्छेँले भने, “सबै काम अदालतले गर्ने भए संसद्को के काम रु, सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैँ सही गर्छ भन्ने होइन ।”
उनले नेपालमा संसद्को सर्वोच्चता रहे पनि अहिले यसलाई समाप्त पार्ने खेल भएको जनाउँदै अदालतले फलानालाई प्रधानमन्त्री बनाउनू भनेर भन्नै नमिल्ने तर्क राखे । अदालतले पार्टीको ह्विप लाग्दैन भन्नु प्रजातन्त्र र संविधान विपरीत हो भन्दै उनले शासक दलले न्यायाधीश नियुक्तिमा गरेको भागबन्डाको परिणाम अहिले देशले भोगेको विचार राखे ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।