
३१ असर ०७८, काठमाडौं । केही दिनमा तुलनात्मक रुपमा बढि पानी परि बाढीको जोखिम देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बिहीबार जारी गरेको विशेष मनसुन बुलेटिनका अनुसार साउन २ देखि ४ गतेसम्म मनसुन थप सक्रिय हुने देखिएको छ ।
महाशाखाले भनेको छ, ‘हाल देशभर मनसुन सक्रिय अवस्थामा रहेको छ । साउन २ गतेदेखि ४ गतेसम्म मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने तथा बंगालको खाडीबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकोले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।’
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र धेरै भारी वर्षाको सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
तराई क्षेत्रमा खोलाहरुमा पानीको बहाव बढ्ने तथा बाढीको जोखिम हुन सक्ने जनाइएको छ ।
हाल देशभर मनसुन सक्रिय अवस्थामा रहेको छ । आगामी मिति २०७८/०४/०२ बाट मिति २०७८/०४/ ०४ सम्म मनसुन न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने तथा बंगालको खाडी / अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकोले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केहि स्थानहरुमा र बाकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा/ धेरै भारी वर्षाको सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।







प्रतिक्रिया