१७ पुस २०८२, बिहिबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


क्युवामा भइरहेको सरकार विरोधि प्रर्दशनको मजदुर किसान पार्टीद्वारा विरोध



२ साउन ०७८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सचिवालयको वैठकले अमेरिकीको क्युवामा भइरहेको सरकारविरोधी प्रदर्शन र अघोषित साइवर युद्धको विरोध गर्दै पे्रस वक्तव्य प्रकाशित गरेको छ ।
पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको सचिवालय बैठकले अमेरिकीको उक्साहटमा क्युवामा भइरहेको सरकारविरोधी प्रदर्शन र अघोषित ‘साइवर युद्ध’ भइरहेकोलाई नेपाल मजदुर किसान पार्टी विरोध एवम् भत्र्सना गरेको बताएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवादले सानो भूगोल र जनसङ्ख्या भएको क्युवाविरुद्ध साठी वर्षभन्दा लामो समयदेखि पर्यटन, उर्जा र अर्थतन्त्रका अन्य क्षेत्रलाई लक्षित गरी लगाएको नाकावन्दी क्युवाको समाजवादी राजनीतिक प्रणाली र क्रान्तिकारी सरकारको विरोधमा हो । अमेरिकी साम्राज्यवादले संरा अमेरिकामा बसेका क्युवालीले पठाएको रेमिट्यान्स समेतमा रोक लगाएको छ । अमेरिकी नाकावन्दीको कारण क्युवाली जनताले औषधीसमेत पाएका छैनन् ।’
संयुक्त राष्ट्र सङ्घको महासभाको अत्यधिक बहुमतबाट क्युवाविरुद्धको नाकावन्दी हटाउनुपर्ने प्रस्ताव २९ औं पटक पारित भयो । तर, अमेरिकी सामज्यवादले विश्व जनमतलाई ठाडै अस्वीकार गरी क्युवाविरुद्ध नाकावन्दी चालू राखेको निन्दनीय रहेको विज्ञप्तीमा उल्येख छ । विज्ञप्तीमा अगाडि भनिए को छ,‘अमेरिकी साम्राज्यवादद्वारा क्युवामा लगाइएको आर्थिक नाकावन्दीविरुद्ध सङ्घर्ष गरिरहेका क्युवाली जनताले क्युवाको क्रान्तिकारी सरकारको समर्थन गरेका छन् । नेपाल मजदुर किसान पार्टी अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गरिरहेका क्युवाली जनताप्रति समर्थन र ऐक्यवद्धता जनाउ“दछ ।’
क्युवाली क्रान्तिकारी जनता आफ्नो देशको क्रान्तिकारी समाजवादी सरकारलाई रक्षा गर्न सक्षम हुनेमा पूर्ण विश्वस्त रहेको मजदुर किसानका नेता पे्रम सुवालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।