
ललितपुर खबर
२ साउन ०७८, लगनखेल । कोरोना महामारी घटेसँगै बजारमा साउनको रमझम बढेको छ । हिन्दुनारीहरु साउनमा हरियो पोते, मेहेन्दी र चुरा लगाएर सझिन थालेका छन् ।

साउन महिनामा हिन्दु नारीहरु महादेवको पुजा आराधना गर्ने ब्रत बस्ने हुँदा पुजा पसलहरुमा सरसामान किन्ने महिलाहरुको भीड पनि बढेको छ । बजारमा फूल पसलहरु पनि ढकमक्क भरिएका छन् ।

कोरोना संक्रमणको त्रासका कारण रात्रीकालीन बजार भने चल्न सकेका छैनन् । हरेक साँझ ७ बजेपछि बजार बन्द हुने हुँदा रात्रीकालिन व्यापार हुने राजधानीका बजार भने सुनसान छन् ।

बजारमा किनमेल गर्ने महिलामा उति उत्साह भने आइनसकेको व्यापारीहरु बताउछन् ।









प्रतिक्रिया